मानव अधिकार मञ्च र पत्रकार नगरपालिका को स्थानीय पत्रकार बिच छलफल अन्तक्रिर्या कार्यक्रम

बुधराज लिम्बू , माई ।

 

माई नगरपालिका केहि युवा युवती पुस्ता हरु को आजभोलि दिनचार्य फेरिएको छ।
केही युवा पुस्ता बंगुर फर्म स्थापना गरि सयौ बंगर पालनबाट गाँउमै आयआर्जन गरि रहेका छन् भने कोहि बाख्रा पालान कुखुरा पालन गर्दै छन त कोहि सिलाइ बुनाइ काम ब्यस्त छन ! मानवअधिकार मञ्च र स्थानीय सरकारको सहकार्यमा बिँउ पुँजी प्राप्त गरेपछी माई लगायत इलामका केही पालिकामा युवाहरु सकृय रुपमा ब्यबसाय र आयआर्जन गरि रहेका यी माथिका प्रतिनिधि घटना हुन ।

स्थानीय तहको समन्वय र सहकार्यमा मानव अधिकार मञ्च नेपाल संस्थाको कार्यन्वयनमा जर्मन कोअपोरेशन र एडब्लुओ कोषदाता र साझेदार रहेको परियोजनाको सहयोगमा माई नगरपालिका, रोङ, चुलाचुली र माईजोगमाई गाँउपालिका भित्रका युबाहरुले आयआर्जन गरि रहेका छन्।

सोमबार माई नगरपालिकामा भएको पत्रकार भेटघाट कार्यक्रममा परियोजना संयोजक सयोजक सन्तोष मगरले बिगत सन २०१९ देखि सञ्चालित “सामाजिक रुपान्तरणका लागि युवा: जिविकोपार्जनको लगि सुरक्षित आप्रवासन र स्व-उद्यमशीलता सम्बन्धी युवा सशक्तिकरण समुहहरुको क्षमता विकास र परिचालन मार्फत मानव बेचविखन अभियान”को ३ बर्षे उपलब्धि जानकारी गराउदै माई नगरपालिका लगायत रोङ, चुलाचुली र माईजोगमाईमा ८ सय ९६ जनाले उधमशिलता तालिम, ५ सय २५ जनाले सीपविकास तालिम, ५ सय २० ब्यबसाय शुरुवात सहयोग प्राप्त गरेको जानकारी दिनु भएको थियो ।

त्यस्तै माईमा -६ वटा सहित सिंचाईका लागि प्लाष्टिक पोखरी निर्माण २७ वटा, बैदेशिक रोजगार सम्बन्धी निशुल्क परामर्श सेवा माईमा ३ सय ४४ जना, रोङमा २ सय ५ जना, चुलाचुलीमा ७ सय ३३ जना र माईजोगमाईमा ६ सय ३ जना र जिल्ला प्रशासन कार्यालयको परामर्श केन्द्रबाट २ हजार १ सय ४२ जना गरि ४ हजार २७ जनालाई प्रदान गरिएको पत्रकार भेटघाटमा जानकारी गरिएको थियो।

विशेषगरी १८ देखि ३० वर्ष उमेर समुहका युवाहरु लक्षित परियोजनाका उद्देश्यहरु

लक्षित वर्गको विषयगत क्षमता विकास, सामाजिक संरचनाको विकास प्रर्बद्धन,सजालीकरण र पैरबी, मानव बेचविखनको न्यूनीकरणका लागि सुरक्षित रोजगारी र सुरक्षित आप्रवासनका लागि सचेतना, जीविकोपार्जनका वैकल्पिक उपायहरुको खोजी र सीप विकास मार्फत स्वरोजगार, उद्यम र स्थानीय स्तरनाटै जिविकोपार्जनका लागि सहयोग तथा असफल फर्किएका आप्रबासी तथा मानव वेचविखनबाट पिडित हुनेहरुको सामाजिक आर्थिक पुनस्थापना लगायतका रहेको भेटघाटमा जानकारी गरिएको छ।

कार्यक्रममा माई नगरपालिकाका उप प्रमुख हिमा भण्डारीले युवालाई प्रोत्साहन गर्ने कार्यक्रमको सहकार्य गरि कार्यक्रमलाई निरन्तरता दिन माई नगरपालिका तयार रहेको बताउनुभयो। बहाँले लागु औषध बिरुद्ध सञ्चालन भएको अभियान र करेन्ट लगाएर माछा मार्ने कार्य नरोकिएकोमा चाडो रोक्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले मानव बेचबिखन अबस्था क्रमिक रहेको भन्दै बेचिने तरिका फरक रहेकोले जनचेतना मुलक कार्य प्रतिनिधि परिबर्तन भएपनि कार्यक्रम संरचना निरन्तर रहनु पर्ने सुझाव दिनु भएको थियो। बहाँले सोच बदल्दै अनेकतामा एकताको खोजी गर्न सबैलाई आग्रह गर्नु भएको थियो।

माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको प्रमुख आथित्यतामा तथा प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीको बिशेष आतिथ्यता र युबा सशक्तीकरण सञ्जाल माईका अध्यक्ष दिपेन्द्र सुब्वा संगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माई नगर भित्रका भित्रका १० जना पत्रकारको सहभागिता रहेको आयोजक मानव अधिकार मञ्च नेपालका फिल्ड अफिसर सुरेश पोर्तेलले जानकारी दिनुभयो।

 

सम्बन्धित समाचार