कास्की आदर्श समाज कतारले शुक्रबार शुभकामना आदानप्रदान तथा सास्कृतिक कार्यक्रम गर्दै …

दोहा कतार / कतारमा नेपाली संघ सास्थाहरुको लिष्टमा अग्र पङ्तिमा आउने नाम हो,”कास्की आदर्श समाज” हो यहि कास्की आदर्श समाज कतारले आउने शुक्रबार अङ्ग्रेजी नयाँ वर्ष बिशेष एउटा भब्य कार्यक्रमको गर्ने भएको छ ।

अंग्रेजी नया बर्ष २०२३ को अवसरमा हरेक वर्ष झै समाजले यो वर्ष पनि कतारमा रहनु भएका सम्पुर्ण कास्केली तथा अन्य जिल्लाको नेपालीहरुसङ्ग शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम गर्न लागेको कास्की आदर्श समाज कतारका अध्यक्ष अग्नि राम देवकोटाले जनता खबरलाई जानकारी दिनुभएको छ।

२७ जनवरी २०२३ शुक्रबारका दिन सनैया स्थित फुलबारी रेष्टुरेन्टमा हुने कार्यक्रममा कतारमा स्थापित सामाजिक तथा वैचारिक संघ संस्थाका प्रतिनिधिहरु,समाजसेवी,बुद्धिजीवी,ब्यबसायी,पत्रकार कलाकारहरु सबैलाई पत्राचार गरिसकेको र यदि पत्र पाउनु भएको छैन भने यो खबरलाई आधार मानी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित भई कार्यक्रमको शोभा बढाई दिन हुन सस्थाका उपाध्यक्ष अमृत बिश्वकर्माले अनुरोध गर्नुभएको छ।

“कास्की आदर्शको चाहना,सभ्य र समृद्धि समाजको चाहना”भन्ने मुल नाराका साथ सन २००२ मा स्थापना भएको समाजले कास्की जिल्लाको साथै अन्य जिल्लाहरुमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ।

सम्बन्धित समाचार