नेपाल पत्रकार महासंघ शाखा कतारले १७ औं स्थापना दिवस शुक्रबार भब्यरुपमा मनायो ….

 

दोहा कतार / नेपाल पत्रकार महासङ्घ कतारले आफ्नो १७औं स्थापना दिवस शुक्रबार फरक र सभ्य भब्य रुपमा सम्पन्न गरेको छ।

नेपाली राजदुतावासको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कतारका अध्यक्ष करिम बक्स मियाँको सभापतित्व तथा नेपाली कुटनितिक नियोगका महामहिम राजदुत डा.नरेश बिक्रम ढकालको प्रमुख आथित्यता रहेको थियो ।

महासङ्घका उपाध्यक्ष दिलकुमार श्रेष्ठको मीठो कबिता वाचन र स्वागत मन्तव्य सङ्गै केक काटेर बिधिवत रुपमा सुरु भएको कार्यक्रम तोकिएकै समयावधि भित्र सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाली समुदायका उच्च पदस्थ ब्यक्ति साथै अन्य देशहरूको केही प्रतिनिधी ब्यक्तिहरुको साथै रेडियो उर्दु कतारका पत्रकार तथा कार्यक्रम संचालक ओबैद ताहिर, एम ई आकाश बङ्ला, अरबियन गल्फ (penisula) का सिनियर पत्रकार अशरफ सिद्दिकी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्ने क्रममा प्रमुख अथिती डा.ढकालले नेपालको संविधानले नै पत्रकारलाई राष्ट्रको चौथो अङ्गको रुपमा वर्गीकरण गरेले हरेक पत्रकारले कुनै पनि बिषयमा कलम चलाउदा सम्बन्धित बिषयको सत्य तथ्य र निष्पक्ष लेखनलाई ध्यान दिनुपर्ने धारण राख्नु भएको थियो । साथै ढकालले नेपाली समाजमा पत्रकारको नाममा पत्रकारिताको मर्यादा भन्दा माथी उठेर तथ्यहिन र अफवाह फैलाउने र भड्किलो समाचारहरु सम्प्रेषण गरेर द्वन्द सिर्जना गर्नेहरु पनि भएको टिप्पणी गर्दै त्यसबाट सबै सचेत हुनुपर्ने पनि बताउनु भएको थियो ।

महासङ्घका सचीव ढकाराम पौडेल (अर्जुन पौडेल) ले सहजीकरण गरेका उक्त कार्यक्रममा बिषयगत मन्तव्यको लागि छुट्टै ६ जना वक्ताहरु छुट्याइएको थियो । जस अन्तरगत नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भन्डारी पौडेलले पत्रकारितामा महिला पत्रकारहरुको न्यून सहभागिता रहेको र किन उल्लेखनीय सहभागी हुन नसकेको भन्ने बारे प्रष्ट पार्दै आफ्नो धारण राख्नु भएको थियो ।

साथै सामाजिक बुद्धिजिविहरु कमलमणी गुराँगाईं, बिमल सुबेदी, एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, रेडियो कतार उर्दुका ओबैद ताहीर, एम ई आकाश बङ्ला लगायतले आ-आफ्नो बिषयगत महत्त्वपूर्ण भनाइहरु राखेका थिए । भने नेपाली ब्यबसायी तथा सामाजिक ब्याक्तित्व डा. देबकाजी डङ्गोल र अरबियन गल्फका सिनियर पत्रकार अशरफ सिद्दिकीलाई दोसल्ला ओढाएर सम्मान साथै क्युएन खबरका संचालक अनिल मगर र शारदा भुजेललाई प्रोत्साहन पत्र प्रदान गरिएको थियो ।

अन्तमा सङ्घका अध्यक्ष तथा कार्यक्रमका सभापति करिम बक्स मियाले महासङ्घको निम्तोलाई सहर्ष स्विकार्दै उपस्थित भएर कार्यक्रम सफल पार्न सहयोग गरिदिएकोमा उपस्थित सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

महासङ्घले आफ्नो स्थापना दिवस हरेक वर्ष मनाउदै आइरहेको छ।

 

 

 

 

 

 

सम्बन्धित समाचार