एनसीसी कतारको आगामी कार्यकालको कोषाध्यक्ष पदको लागी सुदर्शन भण्डारीको पनि उम्मेदवारी….

दोहा कतार / एनसीसी कतारको आगामी कार्यकालको कोषाध्यक्ष पदको लागी नुवाकोटका सुदर्शन भण्डारीले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छ्न ।

बिगत लामो समयदेखि वैदेशिक रोजगारीको सिलसिलामा स-परिवार कतारमा बस्दै आएका भण्डारी विभिन्न सामाजिक कार्यहरूमा सधैं अग्रणी भुमिकामा देखिन्छन् भने मानव सेवा आश्रम कतारको बर्तमान कोषाध्यक्ष पनि हुन ।

कतारमा आफूले NRNA NCC को कोषाध्यक्षको लागी उम्मेदवारी घोषणा गर्दै गर्दा एनसीसी कतारमा हुने गरेका विविध कार्यक्रमका अनावश्यक खर्च कम गरी त्यसबाट बचत रकम कतारमा रोजगारीका साथै पत्रकारिता र कलाकारिता गरिरहनु भएकाहरूलाई निश्चित पारिश्रमिक तोकी उचित व्यवस्थापन गर्ने र सकेसम्म स्थानीय कलाकार नै प्रयोग गरेर कार्यक्रम गराउने परिपाटी सिर्जना गर्ने पनि बताएका छन ।

भण्डारीले हाल दोहामा भएको तरङ्गीत कोष दुरुपयोगको आरोपबाट दुषित परिषदको कोष सङ्ल्याउन र आफुले कतार बसेर गरेको ८ बर्षे अनुभवलाई हरेक श्रमिकहरु सङ्ग प्रत्यक्ष रुपमा साट्न र सम्पूर्ण श्रमजीवी बर्गकै हकहितको निमित्त डटेर काम गर्ने भन्दै त्यस्को लागि सबैले आफुलाई सहयोग गर्न अनुरोध पनि गरेका छन ।

 भण्डारीले आफ्नो फेसबुक वालमा मेरो उम्मेदवारी के का लागी भनेर केहि प्रमुख बुदाहरु सार्बजनिक गरेका छ्न जुन यसप्रकार रहेको छ ।

  • कोषमा रहेको रकम अपचलन हुन नदिन र धेरै भन्दा धेरै अर्थ संकलन गरि नेपालमा नै कतारबाट फर्किएका श्रमिकहरुका लागि रचनात्मक क्षेत्रमा लगानीमा प्रोत्साहन दिन।
  • समाजलाई अधिकतम् लाभ उठाउने प्रकृतिका योजना अभ्यासका लागि ।
  • श्रम स्वीकृति लिएर बिदेश गएका हरेक ब्यक्तिको श्रमगत अधिकार सुरक्षित गर्नका लागी ।
  • कुनै पनि देशमा बिना तालिम या बिना सिप जाने प्रवृत्ति रोकको माग साथै दलालका बिगबिगी रोक्ने पहल गर्नका लागि।
  • कतारमा दुर्घटनामा परेर समाधान हुन नसकेका समस्यामा केन्द्रित रहेर पहलका लागि।
  • ४०/६० अनुपातमा कोषको रकम बिभाजन गरि कम्तिमा तत्कालीन ५० ब्यक्तिलाइ रोजगार र कम्तिमा ५००० जना लाभान्वित हुने योजना पर्क्षेपणका लागि ।
  • दुई बर्ष भित्रमा सो योजना नेपालको बिभिन्न जिल्लामा पुर्याइ कम्तीमा १००० जनालाइ रोजगारी,प्रतक्ष र परोक्ष लाखौं मानिसलाई सेवा र राहत प्रदान गर्नका लागि ।
  • तत् संस्थाको चुक्ता पुँजी ५ बर्षमा कम्तिमा १ अर्ब बनाउनका लागि ।
  • परिषदलाई राजनिति, षड्यन्त्र र किचलो बाहिर राखि समझदारी र सौहार्दपूर्ण वातावरणमा सेवा प्रदान गर्ने सस्थाको रुपमा विकास गर्नाका लागि र ।
  • परिषदको वास्तविक उदेश्य प्राप्तिको लागि ।

जस्ता कार्ययोजना एजेन्डाहरु भण्डारीका प्रमुख स्थानमा रहने बताएका छन ।

 

 

 

 

सम्बन्धित समाचार