(एनआरएनए ) एनसीसी मलेसियाकाे आउँदो कार्यकालकाे लागि बिमल राना महासचिव पदमा उम्मेदवारी घोषणा

मलेसिया:= गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) एनसीसी मलेसियाका आउँदो कार्यकाल २०२३-२०२५ का लागि बिमल रानाले महासचिव पदका उम्मेदवारी घोषणा गरेका छ्न।२०२१-२०२३मा सदस्य पदमा रहेका रानाले आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेद्धवारी घोषणा गर्नुभएको छ।

गत मिति सन् २०२३ जुलाई १५ तारिख शनिबार उम्मेदवारी दर्ता कार्यक्रममा महासचिव पदमा बिमलसंगै कृष्ण प्रसाद नेपाल , टेक बहादुर अधिकारीले पनि उम्मेदवारी दिइएका थिए । तर उम्मेदवारी दिइएको भोलिपल्टै कृष्ण प्रसाद नेपालले महासचिव पदमा दिइएको आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

विमल भन्छन् वैदेशिक रोजगारिको शिलसिलामा १२ बर्ष मैले मलेसियामा बिताए म रोजगारी बाहेक फुर्सदको समयमा सामाजिक क्षेत्रमा दुःख पिडामा परेका नेपाली श्रमीक लाई सहयाेग गर्दै आएको छु : मलेसियामा आफ्नै ब्लु आई कर्पोरेसन एसडिएन बिएचडी कम्पनीमार्फत अनगिन्ती नेपालीसंगै स्थानीय लाई रोजगारी दिदै आएको छु ।

उनले नेपाली जनता खबर सँग कुरा गर्दै भने संस्था लाई बलियो र एक जुट बनाएर अगाडि बढाउने उद्देश्यले मैले आफ्नो उम्मेद्धवारी दिएको हुँ विदेशी भुमिमा अलपत्रमा परेका अप्ठ्यारोमा परेका ठगीमा परेका नेपाली श्रमीककाे समस्या लाई छिटो र छरितो तरीकाले समाधान गर्ने बिकृति बिरोध सधै आवाज उठाई रहने उनले बताए।

उनले महासचिव पदमा उम्मेद्धवारी घोषणा गरे सँगै काम काे मूल्यांकन हिसाबले जित निसित रहेकाे र सबैले सहयोग गर्नेमा ढुक्का रहेकाे समेत बताएका छन् ।

 

उनले सामाजीक सञ्जाल फेसबुकमा लेखेका विचार हरु यस्तो छ

 

सम्बन्धित समाचार