एनसीसी कतारको नेतृत्वमा सङ्कलित १३ लाख भन्दा धेरै रकम भुकम्प पिडितलाई सहयोग….

दोहा कतार – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको नेतृत्वमा कतारमा सङ्कलन भएको १३ लाख भन्दा धेरै रकम गत महिना नेपालको पश्चिमी भेगमा गएको भुकम्पको चपेटामा परेका पिडित परिवारलाई सहयोग गरिएको छ ।

एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको संयोजकत्वमा राहत संकलन समिति गठन गरि संकलन गरिएको रकम मध्यबाट पिडित परिवारलाई ३ लाख ९३ हजार १२१ रुपैया र नेपाल सरकारको प्रधानमन्त्री दैबिक प्रकोप उद्धार कोषमा ९ लाख ४५ हजार २७१ रुपैया गरि जम्मा १३ लाख ३८ हजार ३९२ रुपैया सहयोग गरिएको हो ।

भुकम्प गए पश्चात एनसीसी कतारले तत्काल पिडितहरुलाई ५ लाख सहयोग गर्ने प्रतिवद्धता सहित आह्वान गरेको सहयोग सङ्कलन अभियानमा एक्यवद्धता जनाउदै कर्णाली प्रदेश सेवा समाज कतारले ५ हजार ५१५ रियल, प्रवासी नेपाली समुदाय–दोहा कतारले ३ हजार २४८ रियल, गण्डकी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाहरुबाट कतारी रियल ३ हजार, कोशी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाहरुबाट कतारी रियल २ हजार ७५४, कर्णाली प्रदेश समन्वय परिषद कतारको तर्फबाट कतारी रियल २ हजार ७४५, लुम्बीनी प्रदेश समन्वय परिषद कतार मातहतका जिल्ला संस्थाहरुबाट कतारी रियल १ हजार ७१३ रियल, मधेस प्रदेश समन्वय परिषद कतारको तर्फबाट कतारी रियल ५५१, नेपाल आदीवासी जनजाती महासंघमा आवद्ध मातृ संस्थाहरुको तर्फबाट कतारी रियल १ हजार १११, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल शाखा कतारको तर्फबाट ६५० रियल, महिला समाज कतारको तर्फबाट ५०५ कतारी रियल लगाएत अन्य विभिन्न संस्था एवं व्यक्तिहरुले सहयोग गरेका थिए ।

संकलित रकमबाट घर पुर्णरुपमा क्षेती भएका पिडितहरु जाजरकोटका मरिचमान शाही र कर्णबहादुर वलीलाई जनही ५० हजार रुपैया, पवि कुमारी थापालाई ५० हजार रुपैयाँ र हवाई टिकट, घर क्षेती भएका जाजरकोटकै लिला बहादुर राना, लाल बहादुर बस्नेत, गोविन्द मल्ल र सुनत सिंहलाई जनही २० हजार, जाजरकोट घर भै कतारमै कार्यरत तर भुकम्पले घरमा क्षेती पुगेको कर्म खत्रीका परिवारलाई ४० हजार, घरमा क्षती पुगेको सल्यानका सुरेश केसीलाई २० हजार, रुकुम पश्चिमकी दिपा नेपालीलाई २० हजार ८०, जाजरकोटका कपिल परियारलाई १० हजार १२ र सल्यानको दार्मा गाँउपालीकालाई ३० हजार ४६१ रुपैयाँ सहयोग प्रदान गरिएको हो ।

संकलित रकम एवं सहयोगीहरुको विवरण आइतबार नेपाली राजदुतावासमा महामहिम राजदुत डा. नरेश विक्रम ढकाललाई एनसीसी अध्यक्ष रमेश भट्ट, प्रथम उपाध्यक्ष कृष्ण पन्थी, सचिव सन्तोष क्षत्री र कर्णाली प्रदेश सेवा समाज कतारका अध्यक्ष मोतीलाल बुढामगरको उपस्थितिमा जानकारी गराईएको छ भने भेटको क्रममा राजदुत ढकालले मातृभुमिमा परेको विपतमा एनसीसीको नेतृत्वमा सहयोग गर्ने सबै संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद दिएका थियो ।

६.४ रेक्टर स्केलको भुकम्प जाजारकोट जिल्लाको रामेडाँडालाई केन्द्रविन्दु बनाएर गत महिना कार्तिक १७ गते शुक्रबारको मध्यरातमा गएको हो भने भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो मात्रामा मानविय तथा भौतिक क्षेती पुर्याएको थियो

 

 

सम्बन्धित समाचार