अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतारको तेस्रो अधिबेशन सम्पन्न संस्थाको नाम परिवर्तन संगै अध्यक्षमा गोपाल डाँगी चयन…..

दोहा, कतार – अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज कतार शाखाको तेस्रो अधिवेशन तथा सांस्कृतिक कार्यक्रम शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ l

सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा समाजका अध्यक्ष दीपेन्द्र डाँगीको सभापतित्व, एनआरएनए एनसीसी कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यता र कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु बैचारिक सस्थाका प्रमुख तथा प्रतिनिधिहरू, बिशिस्ट ब्यक्तित्वहरु, सामाजिक अभियान्ताहरु, कलाकार तथा पत्रकारहरुको उल्लेखनीय उपस्थितीमा दिप प्रज्वलन गरि राष्ट्रिय गान बजाए पश्चात लाइभ स्वागत गीतसङ्गै सुरु भएको कार्यक्रम खुला र बन्द गरी दुई चरणमा सम्पन्न भएको थियो भने सस्थाको तर्फबाट उपस्थिति सबैलाई एक मुस्ट सम्बोधन गर्दै स्वागत मन्तव्य गोपाल डांगीले राखेका थिए।

साथै अधिवेशन कार्यक्रमको बन्द सत्रबाट गोपाल डाँगीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएका छन, साथै कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा खड्का, उपाध्यक्षहरूमा क्रमश- जित बहादुर परियार, मानसिंङ परियार र चित्रा केसी, महासचिवमा शोभाराम ओली, सचिवमा सुजाता डीसी, कोषाध्यक्षमा चैनसिंह घर्ती र सह-कोषाध्यक्षमा माया केसी चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरूमा माल बहादुर ओली, दीपेन्द्र रोका मगर, अर्जुन खत्री, शिवाराम खडका, हस्तमाली डाँगी, गौसरी खत्री, प्रमीला खत्री, पार्वती डाँगी, मोतीराम ओली, ओम बहादुर खड्का, दिलमाया रोका मगर र मान प्रसाद रोका रहेका छन ।

कार्यक्रमको बन्द सत्रबाट बनेको नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक मणि पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए भने तेस्रो अधिवेशनसँगै केन्द्रीय विधान अनुसार समाजले आफ्नो नाम परिवर्तन गरी ‘रोल्पाली सेवा समाज कतार शाखा’ राखेको छ ।

कार्यक्रममा सामाजिक ब्याक्तित्व सागर नेपाल, जनप्रगतिशिल मंचबाट विकास गैरे , बुद्धिजीवी चानक पोख्रेल, रोल्पा जलजलाबाट बलराम जैसी, आईसीसी सदस्य दीपजङ्ग शाही, अनेसास कतारका अध्यक्ष लेख कार्की, पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मिया, नेपाली जनसम्पर्क समितीको तर्फबाट ठाकुर कुमार परियार, प्रवासी नेपाली मंचका अध्यक्ष प्रभात त्रिपाठी, सस्थाका सल्लाहकार दिपेन्द्र ओली, कतार नेपाली एकता समाजबाट बलदेव राणा, नेपाली महिला समाजकि महासचिव सन्धा अर्याल र दाङ देउखुरी सेवा समाजको तर्फबाट चिन्तामणी भुसाल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

सोही क्रममा बुद्धिजीवी एवंम सामाजिक ब्याक्तित्व सागर नेपालले कोहि नेपाली रहरले नभएर बाध्यताले बिदेश आएको र आफ्नो सर्वस्व गुमाएका हामी थोरै कमाउनेहरुले नै देश बचाएका बताउदै पछिल्लो समय परदेशमा आउने बित्तिकै गलत सङ्गतमा लागेर आफ्नो घरपरिवारलाई बिर्सने गरेको बताए । उनले थप बोल्दै यस्ता खालको बिकृतीहरु बाट टाढा बस्न र सबै चिज परिवर्तन गरेपनि आफ्नो घरपरिवार परिवर्तन नगर्न आग्रह समेत गरेका थिए ।

कार्यक्रम अवधिभर कलाकारहरु मानसिङ परियार, गुना मगर निशु, जीवन राई, कृष्ण परियार, अमृत परियार र चित्रा केसीले आ-आफ्नो सांगीतिक प्रस्तुतिहरुले उपस्थित सबैलाई आकर्षित बनाएका थिए भने सस्थाको विभिन्न भूमिकामा रहेर योगदान गर्ने सल्लाहकारहरु दिपेन्द्र ओली, हस्तमाली डांगी र हरि डांगीलाई कदर पत्रद्वारा सम्मान गरिएको थियो, भने कलाकारहरुलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले पुरानो कार्यसमितिले भन्दा फरक र सशक्तरूपमा नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताउदै एनसीसीसँगको सुमधुर सम्बन्धलाई कायम राख्दै नवनिर्वाचित कार्यसमितिले पनि सामाजिक अभियानका हरेक कार्यहरूमा सहकार्य गर्दै एकसाथ अगाडि बढ्नेछ भन्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण र कार्यप्रगति विवरण शोभाराम ओलीले पेस गरेको अधिवेशनको खुला सत्रको समापन गर्दै सभापति डाँगीले आफ्नो कार्यकालमा थालिएका र अपूरा रहेका कामलाई नयाँ समितिले पूर्णता दिनेमा आफू ढुक्क रहेको बताउदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै खुल्ला कार्यक्रमको समापन गरेका थिए।

सम्बन्धित समाचार