नेपाली दुतावास मलेसियाद्वारा दुई दिने कन्सुलर सेवा ५ सय ५५ जनाले लिए कन्सुलर सेवा ।

मलेसिया: नेपाली दुतावास मलेसियाद्वारा दुई दिने कन्सुलर सेवा सम्पन्न भएकोे छ । दुई दिनमा ५ सय ५५ जनाले राहदानी नवीकरण लगायतको कन्सुलर सेवा लिएका हुन । यो संख्या अहिलेसम्मको बढी रहेको बताइएको छ ।

मलेसियाकाे जोहोर राज्यमा धेरै नेपालीहरु श्रमिकका रूपमा कार्यरत छ्न । नेपाली कामदारलाई लक्षित गर्दै २०२४ जनावरी २० र २१ मा निरन्तर सेवा दिइएको थियो । यो दिनको अबधिमा समय अभवावका कारण धेरै नेपाली सेवा नपाएर फर्किएका छन् ।

उक्त सेवाका लागी गैर आवासीय नेपाली सघं क्षेत्रीय समिति जोहोरले सहयाेग गरेको थियो । भोलेन्टरमा भने कन्सुलर सेवा लागि जोहोर राज्यमा ल्याउन गैर आवासीय नेपाली सघं क्षेत्रीय समिति जोहोरले विशेष पहल गरेको बरिष्ठ उपाध्यक्ष अर्जुन सिंह अनुरागीले बताउनु भयो ।

दुई दिने कन्सुलर सेवा मलेसियाको जोहोर जेबी स्थित Z Hotel, No. 18 Jalan Won Ah Fook, 80000 Johor Bahru, Johar मा भएको थियो ।

सम्बन्धित समाचार