कतारमा रहेका नेपालीहरुले पठाए बिरगञ्ज औद्योगिक कृषि औजार कारखाना पुन: सञ्चालनको लागी आर्थिक सहयोग…..

दोहा कतार-नेपालको बिरगञ्जमा वर्षौंदेखि जीर्ण अवस्थामा रहेको बिरगञ्ज औद्योगिक कृषि औजार कारखाना पुन: सञ्चालनको लागी डा : महाबिर पुनको “हाम्रो अभियान, स्वदेशमा उत्पादन” मातृभुमि बनाउछु भन्ने अभियानमा साथ दिदै कतारमा रहेका नेपालीहरुले सहयोग पठाएका छन।

२०२४ – फेब्रुअरी – १६ तारीक देखी सहयोग सङ्कलन सुरु गरेको र सोही दिन नेपाल तामाङ घेदुङ कतार कार्यसमितिले आयोजना गरेको ल्होछार कन्सर्ट कार्यक्रममा करिब २ घन्टा समय अबधिभर चलाइएको १ रियल अभियानमा कतारी रियल – ४,२१०/- (चार हजार दुइ सय दश) अर्थात नेपाली रुपैयाँ – १,५२,१८१/- (एक लाख बाउन्न हजार एक सय एकासी रुपैयाँ सङ्कलन गरी राष्ट्रिय आविष्कार केन्द्रको नेपाल बैंक लिमिटेडको खातामा जम्मा गरिएको यो अभियानका संयोजक गजेन्द्र खालिङ राइले जानकारी गराएका छन। अभियान १ रियल सङ्कलनको भए ता पनि सहयोगीहरुले आफ्नो सो इच्छाले १ रियल भन्दा धेरै पनि सहयोग गरेका उनले बताए।

डा.पुनले कृषि औजार कारखाना पुन: सञ्चालनमा ल्याउन आफ्नै पुस्तक बेच्न टाउकोमा बोकेर घरदैलो कार्यक्रम गरिरहेको थाहा पाएपछि आफू लगायत कतारका रहेका केहि साथिहरु सङ्ग सल्लाह गरेर प्रत्येक कतार बासी नेपालीसङ्ग १ रियल सङ्कलन गर्ने गरि “१ रियल अभियान सुरु गरेको राइले बताए ।

राइले १ रियल अभियानको पहिलो दिन नै आशा लाग्दो सहयोग रकम सङ्कलन भएको र यो अभियान कार्यक्रमलाई सहजीकरण गरिदिएकोमा आयोजक घेदुङ कार्यसमिति परिवार र अभियानमा सहभागी भएर सहयोग गरिदिने अतिथि तथा सम्पुर्णलाई धन्यवाद दिदै यो राष्ट्रिय गौरव सङ्ग जोडिएको अभियानमा सहभागी हुने सबै नेपालीहरुलाई आह्वान पनि गरेका छन ।

कतारमा अझै केही समय निरन्तर चल्ने यो अभियानमा गजेन्द्र खालिङ राइको संयोजकत्वमा एउटा समुह गठन गरिएको छ जसमा सेवक घतानी, अङ मिङमिमार शेर्पा, मणिराज स्याङ्तान, मनुरा थुलुङ र  विवश लिम्बु सदस्य रहेका छन।

 

सम्बन्धित समाचार