कतारमा संचालित प्रतिव्यक्ति १ रियल संकलन अभियान बन्द संकलित करिब दुई लाख ६५ हजार रकम राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग…

दोहा कतार – गत महिना फेब्रुअरी १६ तारीकदेखी गजेन्द्र खालिङ राइको संयोजकमा बनेको समूहले कतारमा संचालित गरेको प्रतिव्यक्ति १ रियल संकलन अभियान हिजो अर्थात मार्च ११ तारिकबाट बन्द भएको जानकारी गराएका छन।

एक महिना संचालित यो अभियानबाट संकलन भएको नेपाली रकम २ लाख ६४ हजार ३ सय ८१ रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको समन्वयमा जीर्ण रहेको वीरगञ्ज औद्योगिक कृषि औजार कारखाना पुनः सञ्चालनका लागि अन्तिम पटक ११/०३/२०२४ सोमबार ५५ हजार ५ सय ५० आविष्कार केन्द्रको खातामा जम्मा गरेसङ्गै अभियान बन्द गरेको राइले नेपाली जनता खबरलाई बताएका हुन।

समूहले यस अघि दुई पटक संकलन गरेको रकम २४/०२/२०२४ मा ५७ हजार ६ सय पचास र १७/०२/२०२४ मा १ लाख ५२ हजार १ सय ८१ रुपैया पनि केन्द्रकै खातामा जम्मा गरेको बताए ।

“हाम्रो अभियान, स्वदेशमै उत्पादन” भन्ने मुल नारा सहित नेपालका बैज्ञानिक राष्ट्रिय आविष्कार केन्द्रका सस्थापक डा. महावीर पुन वीरगञ्जमा रहेको कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउने भनि आफ्नो पुस्तक आफैं बेच्ने घरदैलो अभियानमा निरन्तर लागेको देखेपछि कतारवासीहरूले पनि उक्त अभियान सफल बनाउन सहयोग गर्नुपर्छ भन्ने लागेर अभियान चलाएको बताउने राइको समूहले कतारमा एक महिना अवधिभर भएका विभिन्न कार्यक्रमहरुमा पुगी आयोजकहरु सङ्ग समन्वय गरि उक्त रकम जम्मा गरेका हुन।

अभियानमा केहि व्यक्तिहरुले व्यक्तिगत सहयोग पनि गरेका थिए जसमा रस गुरुङ स्याङ्जा – १०१ रियल, शक्ति दहाल ५० रियल, नारायण चौलागाईं ५० रियल, कुमार बास्कोटा १० रियल, पुर्ण पोख्रेल झापा १० रियल, दावा शेर्पा उदयपुर ५ रियल, अंकित राई इलाम २५ रियल, नबिन भट्टराई सुनसरि ५ रियल, कपिल यादव सिराहा ५ रियल, प्रकाश गुरुङ ताप्लेजुङ ५० रियल, दिपक खालिङ तेह्रथुम १० रियल, इन्द्र तामाङ खोटाङ ३१ रियल र पाल्पाका सुरेस बि सिले २० रियल सहयोग गरेका छन।

राइले अभियान कार्यक्रम अबधिभर समय निकालेर सहजीकरण गरिदिने सेवक घताने, सन्ध्या आर्यल, मनुरा थुलुङ राई, प्रेम तामाङ, दिपा सुनुवार, बिनोद राना मगर, रबिना मगर, बिवश लिम्बु, सुजन माबो लिम्बु, समिता विश्वकला राई, गुना मगर “निशु” सावित्री तामाङ र माया वाइवा तामाङ लगायत सम्पुर्णलाई धन्यवाद दिएका छ्न भने यो अभियानमा अभियान्ताको रुपमा संयोजक गजेन्द्र खालिङ सङ्गै सेवाक घताने,अङ मिङमिमार शेर्पा, मणिराज स्याङ्तान र बिबश लिम्बु रहेका थिए।

 

 

 

 

सम्बन्धित समाचार