प्रवासी भुजेल समाज कतारले गर्यो सिन्धुलीका मृगौला पीडित दिलबहादुर लाई सहयोग…..

 

दोहा कतार-“भुजेल जातिको बिकास र उन्नतिको आधार, साँस्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नारा लिएर -२०१० मा कतारमा स्थापना भएको प्रवासी भुजेल समाज कतारको (२०२४-२०२६) कार्यसमिति पदाधिकारी हरुले समाजका सह-कोषाध्यक्ष रोज भुजेलको अगुवाइमा सङ्कलन गरि पठाएको सहयोग रकम गत चैत्र २४ गते शनिबार मृगौला पीडितलाई हस्तान्तरण गरिएको छ।

सिन्धुली जिल्ला फिक्कल गाउँपालिका – ५ खाङसाङ निवासी दिलबहादुर भुजेलको दुबै मृगौलामा समस्या देखिए पछी बिगत लामो समय देखी उपचार गराइरहेका र पारिवारिक आर्थिक अवस्था एकदमै नाजुक भएका भुजेलको उपचारमा केही हद सम्म भए पनि राहत होस भन्ने उद्देश्य सहित समाजले संकलन गरेको सहयोग रकम कतारी रियल -१२४७ अर्थात नेपाली -४५ हजार -४ सय -५५ रुपैयाँ समाजका सल्लाहकार उमेश भुजेल ज्युले पीडितको परिवारलाई काठमाडौमा उनी बस्दै आएको ठाउँमै पुगेर हस्तान्तरण गरेका हुन।

बुबा आमा, श्रीमती, एक छोरा र एक छोरी सहित -६ जनाको परिवार भएका भुजेलले हप्तामा दुई पटक सम्म डाइलोसिस गराउदै आएका छन भने उनको उपचारको सहयोगार्थ समाजका कार्यसमिति पदाधिकारी तथा सदस्यहरु,
१. नियम भुजेल -५१
२. शिब भुजेल – ५१
३. बिनोद भुजेल -५१
४. युवराज भुजेल -५१
५. प्रभात भुजेल -२५
६. बिकास भुजेल – ५१
७. सन्तोष भुजेल -५५
८. श्रीमान भुजेल – ५१
९. गिता भुजेल -२१
१०. दुर्गा भुजेल -५५
११. नैन भुजेल -५१
१२. सर्मीला भुजेल -५१
१३. रोज भुजेल -२७८
१४. मोहन भुजेल -५१
१५. देबी भुजेल -२०
१६. मिना भुजेल -२०
१७. रुपा वन -२०
१८. जमुना खड्का -२०
१९. देबिका स्याङ्तन -२०
२०. पुर्ण भुजेल -२१
२१. बिष्णु भुजेल -५५
२२. नवराज भुजेल -५५
२४. देब भुजेल -५१
२५. नर भुजेल -५० र
२६. लिला भुजेलले -२१ गरि जम्मा १ हजार २ सय ४७ रियल सहयोग पठाएको प्रवासी भुजेल समाज कतारका सल्लाहकार प्रभात भुजेलले नेपाली जनता खबरलाई जानकारी गराएका हुन। भुजेल समाजले स्थापना कालदेखि नै आफ्नो जातीय पहिचान सहित कला र सस्कृतिको जगेर्ना गर्दै गरिब, बिपन्न परिवार तथा दुखी पिडितहरुको सहयात्री बन्दै यस्ता किसिमका सामाजिक कामहरू निरन्तर रुपमा गर्दै आएको छ।

 

 

 

सम्बन्धित समाचार