कतारमा सौर्यपत्र अन्लाईनका संवाददाता सुनार सम्मानित….

 

दोहा कतार- वैदेशिक रोजगारीको सिलसिलामा लामो समयदेखि खाडी मुलुक कतारमा रहेर नेपाली पत्रकारीताको विभिन्न बिषयको ऎना बनेर ससक्त कमल चलाउदै आएका गुल्मीका पत्रकार दर्शन सुनार सम्मानित भएका छन ।

तमू (गुरुङ) समाज कतारले शुक्रबार आयोजना गरेको “चेलीबेटी भेटघाट तथा कलाकार सम्मान” कार्यक्रममा समाजले आयोजना गरेका हरेक किसिमका कार्यक्रमहरुमा फोटोग्राफर तथा सञ्चारको माध्यमको भुमिकामा रहेर अतुलनीय योगदान पुर्याएको भन्दै फेटा (क्रेगी) र सम्मानपत्र सहित सुनारलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रम पछि बोल्दै सुनारले सम्मान पत्रले आफुमा अझै धेरै जिम्मेवारी थपिदिनुको साथै अरु थप मिहेनत गर्ने ऊर्जा पाएको बताए । उनले आफूले पत्रकारिता गर्दै गर्दा आफ्नो कर्तव्य निभाउन गरेको कार्यलाई सम्मान योग्य सम्झेर यति ठुलो सम्मान प्रदान गरेकोमा तमु (गुरुङ) समुदाय प्रति कृतज्ञता प्रकट गरेका थिए ।

गुल्मी सेवा समाज कतारका सचिब समेत रहेका सुनार १ वर्ष देखि निरन्तर रूपमा सौर्यपत्र अन्लाईन पोर्टलको कतार सवांददाताका रुपमा रहेर सत्य तथ्य र पारदर्शी पत्रकारिता गरिरहेका छ्न ।

 

 

 

यो पढेर तपाईंलाई कस्तो लाग्यो मनमा लागेको कुर कमेन्टमा लेख्नु होला ।

 

सम्बन्धित समाचार