पर्वत समाज कतारको वार्षिक साधारणसभा तथा बृहत साँस्कृतिक कार्यक्रम आउने शुक्रबार….

वायु प्रधुशन
nepalijanatakhaba

 

दोहा कतार- पर्वत समाज कतारले आफ्नो वार्षिक साधारणसभा तथा बृहत साँस्कृतिक कार्यक्रम २०२४ आउने शुक्रबार अर्थात २६ अप्रिलमा हुने भएको छ। समाजले वार्षिक साधारणसभा सङ्गै बहुउद्देश्यीय अक्षयकोष स्थापनार्थ बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। दोहाको नज्मा स्थित कलिकुट रेस्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा आफ्नो साँस्कृतिक प्रस्तुति दिन अहिले बेलायतमा बस्दै आएका चर्चित लोक तथा दोहोरी गायक आरसी पौडेल अर्थात पर्वते राजा कतार आउने भएका छ्न।

कार्यक्रममा पौडेल सङ्गै केहि महिना अघि मात्र सम्पन्न गैरआवासीय नेपाली तारा सिजन -४ का बिजेता रुस्तम तामाङ, नृत्य तर्फ प्रथम भएकी डान्सर निरु श्रेष्ठ, चर्चित कोरियोग्राफर सृष्टि श्रेष्ठ (सिम्रन) को साथै राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, शाखा कतारका कलाकार सहित करिब दुई दर्जन कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने कार्यक्रमको लागि दोहामा स्थापित सम्पुर्ण संघ-संस्था, बैचारिक संस्था, बुद्धिजीवी, समाजसेवी, सामाजिक अभियान्ताहरु सबैलाई पत्राचार गरि सकेको र सम्पुर्ण प्राबिधिक तयारी समेत पूरा भइसकेको समाजका अध्यक्ष रघुनाथ शर्माले नेपाली जनता खबरलाई जानकारी गराएका छन।

शुक्रबार बिहान ११ बजेबाट सुरु हुने कार्यक्रममा दर्शकहरुको सुबिधाको लागी विभिन्न ठाउँबाट यातायात सुबिधा सहित निशुल्क प्रवेशको व्यवस्था हुने भएकोले दोहामा रहेका सम्पुर्ण पर्वते तथा गैर पर्वते दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थितिको लागि आयोजक समितिले आह्वान गरेको छ।

“निश्वार्थ सेवामा, हाम्रो पर्वत राम्रो पर्वत” भन्ने मुल नारालाई आत्मसात गर्दै वि.सं.-२००३ मा स्थापना भएको समाजले स्थापना कालदेखि नै विभिन्न संघ संस्थासङ्ग सहकार्य गर्दै आएकोले अहिले संस्थाले गर्न लागेको मुनाफा रहित जनहितकारी बहुउद्देश्यीय अक्षयकोष स्थापना अभियानमा पुर्ण साथ सहयोग पाउने पनि अध्यक्ष शर्माले बताएका छ्न।

 

तपाईंलाई यो समाचार पढेर कस्तो लाग्यो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेख्नु होला ।

👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

 

nepalijanatakhabar

समबन्धित समाचार