ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा शुक्रबार बृहत रक्तदान कार्यक्रम हुँदै….

दोहा,कतार- नेपाली रक्तदाता संघ, कतार सङ्गको समन्वयमा ठकुरी सहयोग सञ्जाल कतारले आगामी- १७ जनवरी- २०२५ शुक्रबार को दिन बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सञ्जालले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर हमाद हस्पिटल अन्तर्गतको कतार नेसनल ब्लड डोनेट सेन्टरमा हुने उक्त कार्यक्रम सिमित समय बिहान ८ बजे सुरु मध्याह्न १२ बजे सकिने नेपाली जनता खबरलाई जानकारी गराएको छ भने यस्तो पुण्य कार्यमा सहभागी भइ रक्तदान गरि सहयोग गरिदिन पनि सम्पूर्ण दोहाबासी दाजुभाइ दिदिबहिनीहरुलाई अनुरोध गरेको छ ।

रक्तदान गर्न आउने व्यक्तिले ध्यान दिनु पर्ने केही कुराहरू तल उल्लेख गरिएको छ ।

रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि  वा लाईसेन्स
  वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने ।
– रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ ।
– रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना
   (६०दिन) पुरा भएको हुनुपर्नेछ ।
– रक्तदाता कम्तीमा ७ घन्टा सुतेको, एन्टिबायोटिक औषधि सेवन   
   नगरेको,पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको
   हुनुपर्नेछ।
– रक्तदाताको उमेर १८ वर्ष भन्दा माथी र  ६५ वर्ष भन्दा मुनि पर्नेछ र
   तौल कम्तिमा ५० केजी हुनुपर्नेछ ।
– रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा
   खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेछ ।

 

“सभ्य भाषा सभ्य संस्कृति हाम्रो पहिचान, शैक्षिक तथा आर्थिक समृद्धिको साथ सहयोग र सद्भाव सबैमा विश्वव्यापी हाम्रो अभियान” भन्ने मुल नारालाई आत्मसात गर्दै कतारमा सन्- २०१४ मा स्थापना भएको  ठकुरी सहयोग सञ्जालले निरन्तर रुपमा यस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

सम्बन्धित समाचार