व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली विशेष एक दिने प्रशिक्षण कार्यक्रमको लागि डा. योगी बिकासानन्द कतार आउने….

दोहा कतार- विकासनन्द फाउन्डेसन विश्व परिवार कतारले जीवनयोग प्रयोगशाला, दोहा कतार सङ्गको सहकार्यमा आगामी २१ फेब्रुअरी २०२५ शुक्रबार दोहामा रहेको प्लाजा इन होटलको सभाहलमा आयोजना गर्न लागेको “व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवनशैली” विशेष एक दिने प्रशिक्षण कार्यक्रममा योग, ध्यान र रेकीका प्रवर्तक तथा दार्शनिक गुरु डा. योगी विकासानन्द र माता कमलेश्वरी आनन्द कतार आउने भएका छन ।

विगत ४३ वर्षदेखि आत्मजागरण सम्बन्धी ज्ञान बाँड्दै आउनु भएको डा. योगीको मार्गदर्शनले हजारौं मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । उहाँका अनुयायीहरूले आत्मज्ञान र साधनाबाट प्राप्त सकारात्मक प्रभावको अनुभव गरिसकेका छन भने डा.योगीबाट कतारमा रहेका नेपाली तथा श्रमिकहरूले पनि तनाव व्यवस्थापन, आत्मविश्वास अभिवृद्धि, शारीरिक स्वास्थ्य सुधार, मानसिक स्थिरता तथा आत्मशक्ति जागरणका विधिहरू सिक्ने अवसर पाउने छन ।

प्रवासी नेपाली श्रमिकहरूका लागि मानसिक शान्ति, तनाव व्यवस्थापन र जीवनशैली सुधार कार्यक्रमले प्रवासी नेपाली समुदायबीच आपसी समझदारी, सहयोग र भाइचाराको भावना विकास हुनेछ भने सहभागीहरूले एक-अर्कासँग अनुभव साटासाट गर्ने, नयाँ कुराहरू सिक्ने र सामाजिक सम्बन्ध मजबुत बनाउने अवसर पाउनेछन् । यो कार्यक्रम एकदिन भए पनि आफैंलाई समय दिनुपर्ने, आफैंलाई चिन्नुपर्ने र आत्मबोध गर्नुपर्ने सन्देश प्रवाहित गर्न केन्द्रित हुनेछ। कार्यक्रमको मूल उद्देश्य “भित्र शान्ति, बाहिर प्रगति” हो, जसका लागि पहिलो चरणमा आत्मज्ञान अनिवार्य मानिन्छ ।

कतारका प्रवासी श्रमिकहरूले लामो समयसम्म कठिन परिश्रम गर्नुपर्ने भएकाले मानसिक तनाव, शारीरिक अस्वस्थता र एक्लोपन जस्ता समस्याहरू भोग्ने गरेको पाइन्छ । यस्ता समस्याबाट मुक्त हुन योग, ध्यान र आत्मजागरण प्रवचन अत्यन्तै प्रभावकारी हुने विश्वास गरिएको छ। गहिरो ध्यान अभ्यासले मानसिक स्थिरता ल्याउनेछ भने योग अभ्यासले शारीरिक लचिलोपन बढाई स्वास्थ्य सुधार गर्न मद्दत गर्नेछ। कडा परिश्रमका कारण धेरै श्रमिकहरू अस्वस्थ जीवनशैली लाई अपनाउनु पर्ने बाध्यतामा छन् । अनियमित खानपान, पर्याप्त व्यायामको अभाव र अनिद्राले विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा योग साधनाले रक्तसञ्चारमा सुधार गर्ने, मांशपेशी बलियो बनाउने र समग्र स्वास्थ्यको लागि विशेष लाभदायक हुनेछ।

कार्यक्रमको खर्च व्यवस्थापन प्रायोजन सहयोग तथा सहभागीहरूबाट प्राप्त दानद्वारा गरिनेछ । बचत भएको रकम फाउन्डेसनले गर्ने समाजसेवाका कार्यहरूमा प्रयोग गरिने आयोजक समितिले जानकारी गराएको छ। कार्यक्रममा सहभागी हुन इच्छुक जो कोहिले पनि कार्यक्रम संयोजक उर्मिला खत्री (६६१४ ७१९४/५५११ ३०३७) र रामजी खत्री (७७७२ ३१४७/६६४४ ३१४७ लाई सम्पर्क गर्न सकिने बताउदै जीवनशैली सुधार गर्नका लागि सम्पूर्ण दोहा बासी नेपालीहरुलाई सहभागी हुन अनुरोध समेत गरेका छन् ।

यो समाचार पढेर तपाईं लाई कस्तो लाग्यो आफ्नो मनमा लागेको कुरा तल कमेन्ट बक्समा लेखिदिनु होला तपाईंको अमुल्य कमेन्ट लाई हामी सधैं सल्लाह सुझावको रुपमा लिनेछौं ।

 

 

सम्बन्धित समाचार